News आयोजक र म्यागङ उपाधिका लागि भिड्ने
गोलनेपाल

नुवाकोट (खेलदैनिक) । दोस्रो नागिनी कप जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा आयोजक नागिनी थान युवा क्लब र म्यागङ युवा क्लब भिड्ने भएका छन् ।

म्यागङ–५ पोखरी स्थित स्थानीय खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा म्यागङले जनआवाज युवा क्लबलाई २–१ ले हरायो । म्यागङको जितमा तेज बहादुर घले र मोसा बिसुन्खेले गोल गरे । उता पराजित जनआवाजले भने एक गोल आत्मघाती गोलका रुपमा पाएको थियो ।

त्यस्तै दोस्रो सेमिफाइनलमा आयोजक नागिनी थानले कल्लाबारी युवा क्लबलाई २–० ले हरायो । आयोजक टोलीको जितमा आकाश मगर र संजय तामाङले गोल गरे ।

अब उपाधिका लागि म्यागङ र नागिनी थान शनिबार नै हुने फाइनलमा भिड्ने छन् । नागिनी थान युवा क्लब, म्यागङ–५, पोखरी नुवाकोटमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ ।

Post Comments