News हाङथुङलाई पाँचौं टुबोर्ग आङ्गबुरा कप पुरुष फुटबलको उपाधि
गोलनेपाल

धर्मदेवी । फराकिलो जितका साथ यहाँ सम्पन्न पाँचौं टुबोर्ग आङ्गबुरा कप सेभेन ए साईड पुरुष फुटबल प्रतियोगिताको उपाधि हाङथुङ युवा क्लबले जितेको छ ।

आइतबार सम्पन्न फाइनलमा पञ्चकन्या एफसीलाई १–६ ले हराउँदै हाङथुङ विजेता बनेको हो । हाङथुङको जितमा बिशाल जिमीले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै मिलन लिम्बु र बिशाल भण्डारीले थप एक–एक गोल गरे ।

विजेता बनेको हाङथुङले उपाधिसहित नगद १,०१,१०५ रुपैयाँ हात पार्यो भने उपविजेता पञ्चकन्याले ५१,१०५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

बसन्त ओझा फाइनल खेलको म्यान अफ द म्याच चुनिए । त्यस्तै उत्कृष्ट गोलरक्षक हाङथुङका राजेश खड्का घोषित भए । उत्कृष्ट डिफेन्डर पनि हाङथुङ कै बिशाल भण्डारी चुनिए भने उत्कृष्ट मिडफिल्डर पञ्चकन्याका असिम लिम्बु बने ।

उत्कृष्ट फरवार्ड पनि पञ्चकन्याका सन्तोष लिम्बु घोषित भए । सर्वाधिक गोलकर्ता हाङथुङका बिशाल जिमी बन्दा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी हाङथुङका सुशिल राई घोषित भए ।

न्यु युवा क्लब, धर्मदेवी नगरपालिका–७, संखुवासभाको आयोजनामा गत पौष २८ गतेदेखि शुरु पुरुषतर्फको फुटबल स्पर्धामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments