काठमाडौं । घरेलु फुटबल सुस्त र अनिश्चित बन्दै जाँदा नेपाली खेलाडीहरुको विदेश पलायनको यात्रा अझै नरोकिने देखिएको छ । यसैक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीमा छोटो समयमै राम्रो छाप छोडेका युवा डिफेन्डर गौतम श्रेष्ठ पनि बिदेशिएका छन् ।
गौतम आफ्नो सुनिश्चित भविष्यका लागि अष्ट्रेलिया उडेका हुन् । यद्यपि अष्ट्रेलिया पुग्ने उनी पहिलो अन्तर्राष्ट्रिय खेलाडी भने होईनन । केही महिना यता विदेशी उड्ने खेलाडीहरुमा उनी बाहेक आशिष लामा, राजन गुरुङ, आकाश मगर, शिव गुरुङ जस्ता थुप्रै युवा खेलाडीहरुको सूची नै छ ।
स्मरण रहोस, गौतमले केही साता अघि मात्र सम्पन्न प्रतिष्ठित २२औं आहा! रारा पोखरा गोल्डकप संकटा क्लबका लागि खेल्दै उपाधि समेत जितेका थिए । साथै संकटाले उनलाई नयाँ सिजनका लागि अनुवन्ध गरेको कुरा पनि आफ्नो सामाजिक सञ्जालमार्फत घोषणा गरेको थियो ।
गत सिजन त्रिभुवन आर्मी फुटबल क्लबका लागि खेलेका गौतम राष्ट्रिय फुटबल टोलीका अहम सदस्य थिए । उनी नेपालले खेलेको पछिल्ला अन्तर्राष्ट्रिय फुटबल म्याचहरुमा निरन्तर सहभागि हुँदै आएका थिए ।
तर घरेलु फुटबलमा राम्रो भविष्य नदेखेपछि गौतमले पनि विदेशको बाटो रोजिएको अनुमान गर्न सकिन्छ । गौतमले अष्ट्रेलिया मै फुटबल गतिविधीमा व्यस्त रहेको माछापुच्छ्रे एफसीबाट खेल्ने सम्भावना छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै