
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका अर्का दुई सदस्य नितिन थापा मगर र रन्जन बिष्ट पनि सुनिश्चित भविष्यका लागि अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
यस साता अष्ट्रेलिया पुग्ने राष्ट्रिय खेलाडीहरुको संख्या पुगेको छ । स्मरण रहोस, यसअघि राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्यहरु गौतम श्रेष्ठ, दिनेश राजवंशी र तेज तामाङ पनि अष्ट्रेलिया पुगिसकेका छन् ।
रन्जन र नितिन पनि अष्ट्रेलियातर्फ प्रस्थान गरिसकेका छन् । उनीहरुले पनि त्यहाँको एमेच्योर क्लबहरुबाट फुटबल खेल्ने बुझिएको छ । रन्जनले गत सिजनको ए डिभिजन लिग न्युरोडटिम (एनआरटी) का लागि खेलेका थिए भने नितिनले मनाङका लागि खेलेका थिए । साथै रन्जन र नितिनले राष्ट्रिय फुटबल टोलीको प्रतिनिध्वि पनि गरिसकेका छन् ।
हाल दिन प्रतिदिन नेपाली फुटबलको ढाँचा नै फितलो र अनिश्चित बन्दा धेरै राष्ट्रिय खेलाडीहरुले विदेश पलायनको बाटो रोजिसकेका छन् । र यो सूची अझै लम्बिने धेरैको अनुमान छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै