News
अन्जनले आई लिग खेल्ने
काठमाडौं । नेपालका चर्चित फरवार्ड अन्जन बिष्टले भारतको प्रतिष्ठित हिरो आई लिग खेल्ने भएका छन् । अन्जनले मुम्बई केन्क्रे फुटबल क्लबबाट लिग खेल्ने छन् । क्लबमा आवद्ध हुन अन्जन शनिबार नै भारततर्फ प्रस्थान गरिसकेका छन् ।
यद्यपि केन्क्रेले आधिकारिक रुपमा यसबारे घोषणा गर्न बाँकी छ । यस सिजन आई लिगमा खराब लयमा रहेको केन्क्रे १२ खेलबाट १० अंकका साथ रेलिगेशन क्षेत्रको ११औं स्थानमा संघर्षरत छ ।
आई लिग मै नेपालका अर्का एक गोलरक्षक किरन चेम्जोङले राउण्डग्लास पञ्जाबका लागि खेलिरहेका छन् । आई लिग सिजन मार्चमा सम्पन्न भएपछि अन्जन नेपाल फर्किने बताइएको छ ।
स्मरण रहोस, अन्जनले यता नेपालमा यसै सिजन शिर्ष लिगमा बढुवा भएको चर्च ब्वाईज युनाइटेड एफसीले अनुवन्ध गरेको थियो ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै