News पिप्लेद्वारा राजर्षि जनक कपको ट्रफी बागमतीलाई हस्तान्तरण
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । मोफसलको प्रतियोगितामा छुट्टै पहिचान बनाएको पिप्ले युवा क्लब हेटौडाले छैठौ संस्करणको राजर्षि जनक कपको ट्रफी सोमबार आयोजक बागमती युवा क्लब, सर्लाहीलाई हस्तान्तरण गरेको छ । पिप्लेले एक कार्यक्रमका बीच बागमती युवा क्लवका सचिव कुमार प्रधानलाई ट्रफी फिर्ता गरेको हो ।

स्मरण रहोस, पिप्ले बागमती गोल्डकपको दुईपल्टको विजेता समेत हो । क्लबले बागमती गोल्डकपको पाँचौ र छैठौ संस्करण जितेको थियो । पिप्लेले पाँचांै संस्करणमा आयोजक टिम बागमती युवा क्लबलाई पराजित गरेको थियो भने छैठो संस्करणमा ए डिभिजन लिग बिजेता मच्छिन्द्रलाई हराउँदै उपाधि जितेको थियो ।

पिप्लेले यहि माघ २५ गतेदेखि शुरु हुने सातौं संस्करणमा पनि सहभागिता जनाउँदैछ । यदि यस बर्षको सातौ संस्करणको उपाधि पनि पिप्लेले जित्न सके उपाधिमाथि ह्याट्रिकसँगै ट्रफीमाथि सदाका लागि कब्जा जमाउने छ ।

बागमती नगरपालिका र बागमती युवा क्लब, सर्लाहीको आयोजनामा यही माघ २५ देखि फागुन ६ गतेसम्म हुन गईरहेको सातौं राजर्षि जनक कपको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

Post Comments