News माडीको जितमा अभिषेकको निर्णायक गोल
गोलनेपाल

बसन्तपुर । घरेलु टोली भाडी–११ यहाँ जारी २४औं माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा माडीले काउन्ट्रीसाईड एकेडेमी, भक्तपुरलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

मडीको जितमा अभिषेक महतोले गरेको एक मात्र गोल निर्णायक बन्यो । निर्णायक गोलकर्ता महतो नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

माडीले सेमिफाइनलमा माघ ११ गतेका दिन केबिए ग्लोबल भरतपुर एफसीसँग खेल्नेछ । प्रतियोगिता अन्तरगत माघ ८ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल चित्लाङ एफसी, काठमाडौं र हेटौडा फुटबल एकेडेमी, मकवानपुरबीच हुनेछ ।

बसन्तपुर युनाइटेड क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ १४ गतेका दिन हुनेछ ।

Post Comments