News समपुर्णमा अविर पुनको नेतृत्व
सुरज राना मगर

तिलोत्तमा । रुपन्देहीको फुटबलमा आफूलाई स्थापित गराउन निरन्तर प्रयासरत र सक्रिय समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीले नयाँ नेतृत्व भएको छ ।

क्लबको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट अविर पुनको नेतृत्वमा क्लबले ९ सदस्यीय नयाँ नेतृत्व पाएको हो । क्लबको उपाध्यक्षमा नारायणी बोहरा पुन चयन भएकी छिन् ।

त्यस्तै सचिवमा पवित्रा ज्ञवाली र सह–सचिवमा रवी अर्याल रहेका छन् । कोषाध्यक्षमा विजय थापा छन् भने सदस्यहरुमा शिव चौधरी, राजु थारु, टिका बुढाथोकी र हेम पुन रहेका छन् ।

अध्यक्षमा चयन भएपछि अविर पुनले आफ्नो नेतृत्वमा क्लबलाई थप नयाँ उचाईमा लैजाने र सबैलाई समेटेर अगाडी बढ्ने बताए । स्मरण रहोस, क्लबले यसै वर्षदेखि समपुर्ण कपको नाममा खुला फुटबल प्रतियोगिता आयोजना गर्ने शुरुवात पनि गरिसकेको छ । साथै क्लब खेलकुदसँगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको छ ।

क्लबका निवर्तमान अध्यक्ष झविलाल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तिलोत्तमा नगरपालिका वार्ड नम्बर १४ का वार्ड अध्यक्ष अस्विन पौडेल, जिल्ला खेलकुद विकास समिति, रुपन्देहीका सदस्य अर्जुन केसी (हापु) लगायतका अतिथीहरुको उपस्थिति रहेको थियो ।

 

Post Comments