News रोहितको टोलीको लगातार दोस्रो जित
गोलनेपाल

काठमाडौं । इण्डोनेसियाको शिर्ष लिगमा संघर्ष गरिरहेको रोहित चन्दको टोली पेर्सिक केडिरीले लिगमा लगातार दोस्रो जित हात पारेको छ । लिगको १९औं खेलमा तेस्रो जित हात पार्ने क्रममा पेर्सिकले मंगलबार मदुरा युनाइटेड माथि २–० को जित निकाल्यो ।

पेर्सिकका लागि पहिलो हाफको अतिरिक्त समयमा रेनान सिल्वाले पेनाल्टीबाट गोल गरे भने दोस्रो गोल रियात्नो अवियोसोले ७६औं मिनटमा गरेका थिए । पेर्सिकको यो लगातार दोस्रो जित हो । टोलीले यसअघि बिहीबार मात्र भयङ्गकारालाई ३–२ ले हराएको थियो । सो खेलमा रोहितले पनि क्लबका लागि डेब्यु गोल गरेका थिए ।

यो जितसँगै १९ खेलबाट १६ अंक जोडेको पेर्सिक लिगतालिकाको १७औं स्थानमा उक्लिएको छ । यद्यपि रेलिगेशन क्षेत्र मै संघर्षरत भने छ । उता पेर्सिकसँग पराजित मदुरा युनाइटेड भने २० खेलबाट ३६ अंकका साथ दोस्रो स्थानमा छ । पेर्सिकले आफ्नो आगामी खेल आउँदो सोमबार बोर्नियोसँग खेल्नेछ ।

 

Post Comments