News लगातार दोस्रो जितसँगै किरनको टोली पञ्जाबको शिर्षता कायमै
गोलनेपाल

काठमाडौं । भारतमा जारी हिरो आई लिगमा राउण्डग्लास पञ्जाबका लागि खेलिरहेका नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङको टोलीले शुक्रबार लगातार दोस्रो जित हात पारेको छ ।

आइतबार मात्र मोहम्मदनलाई ४–० ले हराएको पञ्जाबले शुक्रबार रियल काश्मिरमाथि २–० को जित निकाल्यो र लिगतालिकामा आफ्नो शिर्षतालाई कायम राख्यो ।

पञ्जाबको जितमा पहिलो हाफको ४१औं मिनटमा जुआन मेराले पहिलो गोल गरे । त्यस्तै दोस्रो हाफको ६३औं मिनटमा ब्रेण्डन भन्लालरेम्दिकाले दोस्रो गोल थप्दै टोलीको जित पक्का गरे ।

यो जितपछि १३ खेलबाट २९ अंक जोडेको पञ्जाब शिर्ष स्थानमा यथावत छ । दोस्रो स्थानमा २५ अंकका साथ श्रीनिदी डेक्कन रहेको छ । त्यस्तै शुक्रबार पञ्जाबसँग पराजित काश्मिर भने १४ खेलबाट १९ अंकका साथ पाँचौं स्थानमा छ ।

लिग अन्तरगत पञ्जाबले आफ्नो आगामी खेल बुधबार केन्क्रे एफसीसँग खेल्नेछ । स्मरण रहोस, केन्क्रेमा नेपाल कै अर्का चर्चित फरवार्ड अन्जन बिष्ट हालै अनुवन्धित भएका छन् ।

 

Post Comments