News
साफ यु–१९ च्याम्पियनसिपः बंगलादेश सेमिफाइनलमा
काठमाडौं । बंगलादेश जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । समूह ए मा रहेको बंगलादेशले आइतबार आफ्नो दोस्रो खेलमा भुटानलाई ३–० ले पराजित गर्यो ।
भारतको युपिया शहर स्थित गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा बंगलादेशका लागि श्री सोरेनले दुई गोल गरे भने थप एक गोल अली मुर्सिदले गरेका थिए ।
आफ्नो पहिलो खेलमा माल्दिभ्ससँग २–२ गोलको बराबरी खेलेको बंगलादेशससँग दुई खेलबाट ४ अंक छ र समूहको शिर्ष स्थानमा छ । साथै सेमिफाइनल स्थान पनि सुरक्षित गरेको छ ।
त्यस्तै १ अंकका साथ माल्दिभ्स दोस्रो स्थानमा छ भने अंकविहीन भुटान पुछारमा छ । समूह ए तर्फको अन्तिम खेलमाट १३ मईका दिन भुटान र माल्दिभ्स भिड्ने छन् । यो खेलको नतिजापछि समूह ए बाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल