News मेघा हिमालयनलाई हिसान स्पोर्टस मिट फुटबल प्रतियोगिताको उपाधि
गोलनेपाल

इटहरी । शानदार जितका साथ हिसान स्पोर्टस मिट फुटबल प्रतियोगिताको उपाधि मेघा हिमालयन कलेज धरानले जितेको छ । फाइनलमा ज्ञान दर्पण इटहरीलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै मेघा हिमालयन च्याम्पियन बनेको हो ।

मेघा हिमालयनको जितमा शेखर कुँवरले दुई गोल गरे । त्यस्तै अंकित थापा र संगम जिमीले थप एक–एक गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच सुगम जिमी बने ।

ज्ञान दर्पणका शुभास मगर प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । त्यस्तै उत्कृष्ट गोलरक्षक राजीव खड्का बन्दा उत्कृष्ट डिफेन्डर करण कामोत बने । उत्कृष्ट मिडफिल्डर रोदन राई घोषित हुँदा उत्कृष्ट फरवार्ड शेखर गुरुङ्ग चुनिए । उत्कृष्ट प्रशिक्षकमा हेम गुरुङ्गले नाम लेखाउन सफल भए । प्रतियोगिताभरि कुल ६–६ गोल गरेका अंकित थापा र शेखर कुँवरले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ वरिष्ठ उपाध्यक्ष तथा प्रदेश १ फुटबल संघका अध्यक्ष किशोर राई लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

 

Post Comments