News पुलिस क्लब, मोरङ सेमिफाइनलमा
गोलनेपाल

मुलखर्क । साँघुरो जितका साथ नेपाल पुलिस क्लब, मोरङ यहाँ जारी ४४औं हाङथुम कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

मादी नगरपालिका–३, मुलखर्क स्थित स्थानीय खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनलमा पुलिसले न्यु युवा क्लब, संखुवासभालाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

प्रतियोगिता अन्तरगत माघ १५ गते आइतबार दुई सेमिफाइनल खेलहरु हुनेछन् । जसमा नेपाल पुलिस क्लबले एडभान्स क्लबको सामना गर्नेछ भने आयोजक हाङथुम क्लबले इटहरी फुटबल क्लबसँग खेल्नेछ ।

हाङथुम क्लब, मादी नगरपालिका–३, मुलखर्क, संखुवासभाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ९० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ १६ गतेका दिन हुनेछ ।

Post Comments