News धरान १७ लाई टुबोर्ग २३औं गोधुली कपको उपाधि
गोलनेपाल

धरान । रोमाञ्चक जितका साथ टुबोर्ग २३औं गोधुली कप रनिङ शिल्ड वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि धरान १७ ले जितेको छ । शनिबार सम्पन्न फाइनलमा धरान १५ लाई २–१ ले हराउँदै धरान १७ च्याम्पियन बन्न सफल भएको हो ।

धरान रंगशालामा भएको खेलको १७औं मिनट मै साहिल राईले धरान १७ का लागि पहिलो गोल गरे । ३६औं मिनटमा सौजन राईले त्यो अग्रता दोब्बर पारे । जुन खेलको निर्णायक गोल पनि बन्यो । उता धरान १५ का लागि नगेन राईले एक गोल फर्काए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

विजेता बनेको धरान १७ ले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्यो भने उपविजेता धरान १५ ले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क राज सम्पङ राई लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।

गोधुली क्लब धरानको आयोजना तथा टुबोर्ग ब्रुअरीको मुख्य प्रायोजनमा पुष ३० गतेदेखि शुरु प्रतियोगितामा धरान उपमहानगरपालिकाका कुल २० वार्ड टिमहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments