News प्रारम्भिक टोलीमा ४३ महिला खेलाडीहरु सामेल
गोलनेपाल

काठमाडौं । भारत विरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याचका लागि नेपाली महिला फुटबल टोलीको प्रारम्भिक छनौटमा कुल ४३ खेलाडीहरुलाई समावेश गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

मुख्य प्रशिक्षक अनन्त राज थापाको जिम्मेवारीमा हाल टोलीमा नयाँ, पुराना गरी ४३ खेलाडीहरुलाई समेटिएको सोमबार एन्फाले जानकारी दियो । साथै टोलीको बन्द प्रशिक्षण मंगलबारदेखि शुरु हुने पनि एन्फाले जनाएको छ ।

स्मरण रहोस, अल इण्डिया फुटबल फेडरेशन (एआइएफएफ) को निमन्त्रणमा नेपाली महिला फुटबल टोलीले आउँदो फेब्रुअरी १३ देखि २५ तारीखको बीचको भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ ।

प्रारम्भिक टोलीमा परेका खेलाडीहरुः

अमिषा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अञ्जली वाईबा, अन्जना राना मगर, अन्जिला तुम्बापो सुब्बा, अनुष्का शेर्पा, बिमला बिक, बिमला चौधरी, चन्द्रा भण्डारी, दिपा न्यौपाने, दिपा शाही, गंगा गुरुङ्ग, घिम कुमारी गुरुङ्ग, गीता राना, हिमा चौधरी, हिरा कुमारी भुजेल, कबिता बिक, कबिता धिमाल, खुश्मा राई, कुसुम खतिवडा, मनिका कुसवार, मञ्जली कुमारी योञ्जन, मेनुका आले मगर, निर्मला बिक, निशा थोकर, प्रिती राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सबिता राना मगर, साबित्रा भण्डारी, समिक्षा घिमिरे, सञ्जु कुमाल, सपना राई, सरस्वती हमाल, सरस्वती आयर, सरु लिम्बु, सिर्जना चेम्जोङ, सिर्जना सिंह ठकुरी, सुनिता चौधरी, उषा नाथ ।

(फाईल तस्विर, एन्फा)

Post Comments