News प्रथम विश्व आदर्श जुनियर फुटबल प्रतियोगिता सुरु
गोलनेपाल

प्रथम विश्व आदर्श जुनियर फुटबल प्रतियोगिता २०७६ को आजको उद्धघाटन खेलमा आयोजक विश्व आदर्श स्कुल र ज्ञानद्रपर्ण एकेडेमी विजय भएको छ ।

पहिलो खेलमा विश्व आदर्शले बि.के.जी स्कुललाई ५-० गोलले विजय भएको हो । विश्व आदर्शको लागि कप्तान अर्पित राईले ह्याट्रिक गरे । उनले खेलको ११, १९ र ३८ औं मिनेट आफ्नो ह्याट्रिक पूरा गरे । त्यसैगरी सौरव कार्की र प्रमोद भट्टराईले खेलको ३२ र ३५ औं मिनेटमा गोल थप एक एक गोल गर्दै ५-० को जित निकाल्दै क्वाटरफाइनल पुगेको छ । क्वाटरफाइनलमा अब विश्व आदर्शले पशुपतिसगँ प्रतिस्पर्धा गर्ने छ ।

एक पक्ष रुपमा आफ्नो खेल प्रदर्शन गरेको विश्व आदर्शले गोल गर्ने निकै राम्रो अवसर पाए पनि सदुपयोग गर्न सकेन । त्यस्तै बि.के.जी स्कुलले कुनै अवसर नै सिजर्ना गर्न सकेन । प्रतियोगिताको पहिलो ह्याट्रिक गरेका कप्तान अर्पित राई म्यान अफ द म्याच घोसित भए । ज्ञानद्रपर्ण एकेडेमी विरुद्ध पूर्वाञ्चल स्कुल त्यसैगरी दोस्रो खेलमा ज्ञानद्रपर्ण एकेडेमीले पूर्वाञ्चल स्कुललाई २-० गोलले विजय भएको छ । निकै नै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले राम्रो अवसरहरु पए पनि खेलको ९ औं मिनेटमा प्रान्जल घोर्सानले ज्ञानद्रपर्ण लागि अग्रता दिलाउन सफल भए । त्यसैगरी दोस्रो गोल ज्ञानद्रपर्णका लागि खेलको २९ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि कुनै पनि टिमबाट गोल नभए पछि ज्ञानद्रपर्णले पूर्वाञ्चल स्कुललाई २-० जित्दै क्वाटरफाइनल पुगेको छ ।

क्वाटरफाइनलमा अब ज्ञानद्रपर्णले हिमशिखरसगँ प्रतिस्पर्धा गर्ने छ । खेलको म्यान अफ द म्याच कप्तान फेनचेज राई घोसित भए । कक्षा ५ सम्मका छात्रहरु सहभागी हुने प्रतियोगिताका विजेता र उपविजेता हुने टिमलाई क्रमशः नगद १० हजार र ७ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र गर्ने छ ।

Post Comments