तिलोत्तमा । शहिद दिवसको अवसर पारी हरेक वर्ष आयोजना हुँदै आएको सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको पाँचौं संस्करण सोमबारदेखि भव्यताका साथ शुरु भएको छ ।
तिलोत्तमा–१४, बागधुरा, देवीनगर स्थित सञ्जिवनी खेलमैदानमा भएको उद्घाटन खेलमा फोर ब्रदर्श एफसी, नवलपरासीले योङ स्टार क्लब, माडाहालाई २–० ले हराउँदै विजयी शुरुवात गर्यो ।
फोर ब्रदर्शको जितमा दुवै गोल सुवास तामाङले गरे । तामाङ नै खेलको म्यान अफ द म्याच समेत चुनिए । यो जितसँगै फोर ब्रदर्श प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।
त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई, रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र बहादुर क्षेत्री (हरि), आयोजक क्लबका अध्यक्ष अर्जुन केसी (हापु) लगायतका अतिथीहरुले संयुक्त रुपमा गरेका थिए ।
सञ्विनी युवा क्लब, तिलोत्तमा–१४, बाघधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने खेल संयोजक खिम थापाले जानकारी दिए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आर्थिक संयोजक इन्द्र बहादुर छन्त्यालले बताए ।
कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने आउँदो फागुन २ गतेका दिन हुने पनि खेल संयोजक खिम थापाले बताए । संयोजक थापाले प्रतियोगिता यसपटक पनि भव्यताका साथ सम्पन्न गर्न आफूहरुले हरतरह प्रयास गर्ने बताए ।


- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने