News फ्युजन एफसी सेमिफाइनलमा प्रवेश
गोलनेपाल

त्रियुगा । प्रतिस्पर्धात्मक जितका साथ फ्युजन एफसी, उदयपुर यहाँ जारी प्रथम वार्ड अध्यक्ष गोल्डकप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनल प्रवेश गर्ने क्रममा फ्युजनले प्राग्रेसिभ युथ क्लब, फत्तेपुरलाई २–१ ले हरायो । फ्युजनको जितमा उमेश कार्की र रमेश राजवंशीले गोल गरे । उता पराजित प्रोग्रेसिभका लागि निरज चौधरीले एक मात्र गोल फर्काएका थिए । खेलमा फ्युजनका रमेश राजवंशी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५ सय र मेडल हात पारे ।

वार्ड युवा तथा खेलकुद विकास समिति, त्रियुगा नगरपालिका–१०, उदयपुरको आयोजनामा जारी प्रतियोगिता अन्तरगत माघ १७ गते मंगलबारको खेल गाइघाट फुटबल क्लब र एपिएफ पूर्वाञ्चलबीच हुने आयोजकले जानकारी दियो ।

Post Comments