News खुम्बु ल्होसार कप माघ २८ देखि
गोलनेपाल

काठमाडौं । शेर्पा समुदायको महान् चाड अर्थात् नयाँ वर्ष–ल्होसारको उपलक्ष्यमा विगत १२ वर्षदेखि हुदैँ आएको खुम्बु ल्होसार कपको १३औं संस्करण यही माघ २८ देखि फागुन ६ गतेसम्म हुने भएको छ । ज्ञानेश्वर, काठमाडौं स्थित सानोगौचरण खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि पूरा भएको आयोजक खुम्जुङ युवा क्लबले जानकारी दियो ।

खुम्बु क्षेत्रको विभिन्न गाउँमा जन्मिएर हाल देश तथा विदेशका विभिन्न ठाउँमा अध्ययन र कर्म गर्ने साथै खेलकुदमा रुचि राख्ने युवा पुस्ताको खेलकुदप्रतिको लगाव, प्रतिभाको प्रस्फुटन र समुदायका सम्पूर्णलाई एकै ठाउँमा जोड्ने लक्ष्यसहित हरेक वर्ष आयोजना हुने शेर्पा समुदायको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता रहेको पनि आयोजकले बतायो ।

प्रतियोगितामा यसपटक खुम्जुङ युवा क्लब, खुन्दे कम्युनिटी क्लब, नाम्चे युवा समुह, ठमिछोवा फुटबल क्लब, आमाडब्लम युवा क्लब, महेन्द्र ज्योति भूतपूर्व बिद्यार्थी मञ्च र खुम्बु भेट्रान्स युनाइटेड गरी कुल ८ टोलीहरुको सहभागिता रहने पनि आयोजकले जानकारी दियो ।

खुम्बु पासाङल्हामु गाउँपालिका सह–आयोजक रहेको प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ । साथै प्रतियोगिता खेलहरु गोलनेपाल डटकमले प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

त्यस्तै प्रतियोगिताको प्रायोजकहरुमा एभरेष्ट लिंक, एसियन ट्रेकिङ, यु एस शेर्पा, हेली एभरेष्ट, नेपाल एअर लिंक, यक ब्रेविङ्, खुम्बुयुल्हा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, आमाडब्लम लज – क्यन्ग्जुमा, नेपाल पर्वातारोहण संघ, ङिमा थुन्डु शेर्पा र फुर्वा सोना शेर्पा रहेका छन् ।

त्यसैगरी सह – प्रायोजकहरुमा एक्सपिडिसन सञ्चालक संघ नेपाल, एट के बार एण्ड किचन, खुम्जुङ महिला समूह, खुम्बिला संरक्षण प्रतिष्ठान, शेर्पा ब्रिवारी, एडभेन्चर ६०००, अल्टिच्युड एअर, सगरमाथा नेक्स्ट, निर्माण संसार, स्वाकन अस्पताल, सिम्रिक एअर, द एडेलवेइस फेरिचे र सगरमाथा प्रदुषण नियन्त्रण समिति रहेका छन् ।

प्रतियोगिताको बैकिङ्ग पार्टनर्समा नबिल बैंक, सिद्धार्थ बैंक र कुमारी बैंक रहेका छन् भने किट पार्टनरमा केटिएम सिटी, आउटफिट पार्टनरमा लुक्ला आउटडोर र मेडिकल पार्टनरमा ह्याम्स अस्पतालले साथ् दिने र त्यसअनुरुप सम्झौता भएको पनि आयोजकले जानकारी दियो ।

Post Comments