News
नेपाल पुलिस स्कुल र एलएलाई सफलता
किर्तिपुर । यहाँ जारी सातौं नेपाल एपिएफ स्कुल कपमा नेपाल पुलिस स्कुल र एलए स्कुलले आ–आफ्नो खेलहरुमा जित हात पारेका छन् । किर्तिपुर स्थित आयोजक एपिएफ स्कुलको खेलमैदानमा भएको पहिलो खेलमा नेपाल पुलिस स्कुलले मोर्डन इण्डियन स्कुललाई ३–० ले हरायो । पुलिसका लागि लक्ष्मण थामी, राम थामी र प्रत्युश केसीले गोल गरे ।
दोस्रो खेलमा एलए स्कुलले पुष्पाञ्जली स्कुललाई समान ३–० ले हरायो । एलएका लागि सिर्जन श्रेष्ठले दुई गोल गरे भने सुमन बिकले थप एक गोल गरे । प्रतियोगिता अन्तरगत माघ २८ गते शनिबार तीन खेलहरु हुने आयोजकले जानकारी दियो ।
नेपाल एपिएफ स्कुल, किर्तिपुर, काठमाडौंको आयोजनामा जारी प्रतियोगितामा कुल २० टोलीहरु सहभागि छन् ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न