News नेपाल पुलिस स्कुल र एलएलाई सफलता
गोलनेपाल

किर्तिपुर । यहाँ जारी सातौं नेपाल एपिएफ स्कुल कपमा नेपाल पुलिस स्कुल र एलए स्कुलले आ–आफ्नो खेलहरुमा जित हात पारेका छन् । किर्तिपुर स्थित आयोजक एपिएफ स्कुलको खेलमैदानमा भएको पहिलो खेलमा नेपाल पुलिस स्कुलले मोर्डन इण्डियन स्कुललाई ३–० ले हरायो । पुलिसका लागि लक्ष्मण थामी, राम थामी र प्रत्युश केसीले गोल गरे ।

दोस्रो खेलमा एलए स्कुलले पुष्पाञ्जली स्कुललाई समान ३–० ले हरायो । एलएका लागि सिर्जन श्रेष्ठले दुई गोल गरे भने सुमन बिकले थप एक गोल गरे । प्रतियोगिता अन्तरगत माघ २८ गते शनिबार तीन खेलहरु हुने आयोजकले जानकारी दियो ।

नेपाल एपिएफ स्कुल, किर्तिपुर, काठमाडौंको आयोजनामा जारी प्रतियोगितामा कुल २० टोलीहरु सहभागि छन् ।

Post Comments