News बिटी कपको क्वाटरफाइनल समिकरण पूरा
उमेश पुन
पोखरा । पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा क्वाटरफाइनलको समिकरण पूरा भएको छ ।
 
पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (शुक्रबार) भएको पहिलो खेलमा लामागाउँ एफसीले मण्डेला एफसीलाई ३ –० गोल अन्तरले पराजित गर्यो । लामागाउँको अनुज भण्डारी, सरोज तामाङ र विश्व थापाले समान १÷१ गोलको योगदान दिए ।
 
यस्तै खेल संयोजक विनोद गुरुङका अनुसार दोस्रो खेलमा लेकसाइड एफसीले सिमपानी एफसीलाई २–१ गोल अन्तरले हरायो ।
लेकसाइडको विवेक सन्तोषीले २ गोल गरे भने सिमपानीको तर्फबाट सगुन शर्माले सान्त्वना १ गोल फर्काए ।
 
तेस्रो खेलमा बुन एफसीलाई विष्णुपादुका क्लबले १–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्यो। विष्णुपादुकाको जितमा अनिल सुचिकारले निर्णायक गोल गरे ।
 
चौथो खेलमा मानारथा चर्चलाई सत्य युवा क्लबले १–० गोल अन्तरले पराजित गर्यो। सत्य युवा क्लबको जीतमा दिपेश गुरुङले निर्णायक गोल गरे ।
यस्तै पाँचौ खेलमा बेलीज् एफसीलाई एलजी एसोसियशनले १–० गोल अन्तरले पाखा लगायो एलजीको जितमा आशिष गुरुङले निर्णायक गोलको योगदान दिए ।
 
छैटौं खेलमा गन्नी एफसीले हरिचोक युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्यो । गन्नीको जितमा सन्दिप राना र लक्ष्य थापाले समान १÷१ गोल गरे ।
 
सातौ खेलमा आयोजक बिटी ह्वाइटले एम फाइभलाई २–० गोल अन्तरले हरायो । आयोजकको जितमा संगम दर्जी र सुशान गुरुङले समान १÷१ गोलको योगदान दिए ।
 
वी आर ब्रदर्श काठमाडौ र कमलपोखरीबीच भएको खेलको निर्धारित समय गोलरहित भएपछि ट्राइबेकरमा वी आर ब्रदर्शले ५–४ गोल अन्तरले जित निकाल्यो ।
 
खेल संयोजक गुरुङका अनुसार प्रिक्वाटरको समकिरण पुरा भएको छ । शनिबार क्वाटरफाइनलका खेल हुनेछन् । भने सो खेलबाट म्यान अफ द म्याच प्रदान गरिने उनले जानकारी दिए ।
 
आगामी फागुन १ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।
Post Comments