काठमाडौं । काठमाडौं विनायक शिक्षालय (केभीएस) चौथो प्याब्सक कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) द्वारा आयोजित प्रतियोगितामा केभीएसले रिताम्बरालाई २–१ तथा तिरुपातीलाई ६–१ गोलले पराजित गर्यो । विट्स एकेडेमीले हिमालयलाई ३–२ तथा भीमेश्वर एकेडेमीले गणेश हिमाललाई टाइब्रेकरमा ३–२ गोलले हराउदै क्वाटरफाइनलमा पुग्न सफल भए । प्राक्सिस्को ‘ए’ र ‘बी’ दुवै टिमले प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
चुच्चेपाटीस्थित लुम्बिनी फुटसलमा भएको अन्य खेलमा फेरील्यान्डले अरुणीलेलाई ३–१, ग्रिनफिल्डले हिलारीलाई ६–१, आकाश गंगाले प्रोग्रेसिभलाई ३–०, विनायकले केभीएम ‘बी’ लाई ४–१, जोन एकेडेमीले केभीएम ‘ए’ २–० तथा ज्ञान चक्छुले प्रस्फुटनलाई १–० गोलले पाखा लगाए ।
प्रतियोगिताको अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एक कार्यक्रमबीच उद्घाटन गरे । शीर्ष चार स्थानमा रहने टिमलाई क्रमशः १० हजार, ८ हजार, ७ हजार र ५ हजार नगदबाट पुरस्कृत गरिने प्याब्सकका अध्यक्ष गेन्द्र लामाले जनाएका छन् । शुक्रबारसम्म चल्ने प्रतियोगितामा ६४ टिम सहभागी छन् ।
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने