News मनकामना र सुदुरपश्चिम सेमिफाईनलमा
गोलनेपाल

धनगढी । पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता अन्तर्गत वुधवार क्वाटरफाईनलका दुई खेलहरु सम्पन्न भएका छन् । धनगढी रंगशालामा भईरहेको प्रतियोगिता अन्तरगत मनकामना युवा क्लब र सुदुरपश्चिम–११ स्पोर्टस क्लव आ–आफ्नो खेलमा जित हात पार्दै सेमिफाईनलमा प्रवेश गरेका छन् ।

वुधवारको पहिलो खेलमा मनकामना युवा क्लबले नेपालगज–११ लाई ३–२ को अन्तरले हरायो । मनकामनाका लागि पहिलो हाफको ११औं मिनेटमा सुरेश खत्री पहिलो गोल गरे भने ३३औं मिनेटमा आशिष श्रेष्ठले दोस्रो गोल गरेका थिए । त्यस्तै विजयी टोलीका लागि सनिष तुसाजले थप एक एक गोल गरे । उता पराजित नेपालगंजका लागि विदेशी खेलाडी जा कोप र फगुईले एक–एक गोल फर्काएका थिए ।

वुधवारको दोस्रो खेलमा सुदुरपश्चिम–११ ले न्यु दुर्गा युवा क्लबमाथि ३–० को प्रभावशाली जित निकाल्यो । सुदुरपश्चिमका लागि पहिलो हाफको २३औं मिनेटमा र दोस्रो हाफको सातौं मिनेटमा विदेशी खेलाडी रोमियाले दुई गोल गरे भने दोस्रो हाफको इन्जुरी समयमा माधव भण्डारीले थप एक गोल गरे ।

प्रतियोगिता अन्तर्गत विहीवारदेखि सेमिफाईनलका खेल सुरु हुनेछन् । पहिलो सेमिफाईनलमा स्टार सिटी युवा क्लब र मनकामना युवा क्लबले प्रतिस्पर्धा गर्नेछ । शुक्रवारको दोस्रो सेमिफाईनलमा सुदुरपश्चिम–११ स्पोर्टस क्लब र पिएफए अत्तरिया बीच प्रतिस्पर्धा हुनेछ ।

फारवेस्ट पशुपति युवा क्लबको आयोजनामा यहि माघ २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद पाँच लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

Post Comments