News देवदह ब्वाईज सञ्जिवनी कपको फाइनलमा, उपाधिका लागि डिएमसीसँग भिड्ने
सुरज राना मगर

बागधुरा । प्रभावशाली जितका साथ देवदह ब्वाईज, खैरेनी जारी पाँचौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो सेमिफाइनलमा न्यु सिर्जना युथ क्लब, करौजियालाई १–३ ले हराउँदै देवदह फाइनलमा प्रवेश गरेको हो ।

तिलोत्तमा–१४, बागधुरा, देवीनगर स्थित सञ्जिवनी खेलमैदानमा भएको खेलमा देवदहका लागि नर बहादुर थापाले दुई गोल गरे भने थप एक गोल कप्तान आयुष गुरुङ्गले गरे । त्यस्तै उता पराजित न्यु सिर्जनाका लागि लक्ष्मित थापाले पेनाल्टीबाट एक गोल फर्काएका थिए ।

खेलमा देवदहका प्रदिप थापा म्यान अफ द म्याच घोषित भए । देवदहले अब फाइनलमा फागुन २ गते मंगलबारका दिन डिएमसी, तुल्सीपुरसँग उपाधिका लागि भिड्ने खेल संयोजक खिम थापाले जानकारी दिए ।

सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक इन्द्र छन्त्यालले जानकारी दिए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

Post Comments