News हिमालयन शेर्पा क्वाटरफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । हिमालयन शेर्पा क्लब जारी स्थानीय तह शहिद स्मृति पाँचौं मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको अन्तिम प्रिक्वाटरफाइनलमा शेर्पाले बागमती युवा क्लब, सर्लाहीलाई २–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।

पिप्ले क्याम्पा रंगशालामा भएको खेलको ३७औं मिनटमा यामीको गोलबाट शेर्पाले खेलमा अग्रता बनाएको थियो । ६३औं मिनटमा निशान लिम्बुले शेर्पाका लागि दोस्रो गोल गरे । जुन खेलको निर्णायक गोल पनि बन्यो ।

उता पराजित बागमतीका लागि ६६औं मिनटमा सनम घिमालले एक गोल फर्काए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् । खेलमा शेर्पाका निशान लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत फागुन ३ गते बुधबारको पहिलो क्वाटरफाइनल खेल बिरगंज युनाइटेड र एभनिर एफसीबीच हुने आयोजकले जानकारी दियो ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १० गतेका दिन हुनेछ ।

Post Comments