News खुम्बु ल्होसार कप: नाम्चे र आमाडब्लम विजयी
गोलनेपाल

काठमाडौं । खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा नाम्चे युवा क्लब र आमाडब्लम युवा क्लब विजयी भएका छन । बुधबार सम्पन्न पहिलो खेलमा नाम्चे युवा क्लबले भेटेरनस् युनाइटडलाई ३–१ गोल अन्तरले पराजित गर्यो । नाम्चे युवा क्लबका छिरिङ पाल्जोर शेर्पा म्यान अफ द म्याच भए ।

त्यस्तै, दोस्रो खेलमा आमाडब्लम युवा क्लबले जित हासिल गरेको छ । महेन्द्र ज्योति याक्स् स्टूडन्ट् फोरमलार्ई ट्राई ब्रेकरमा पछि पार्दै आमाडब्लमले महत्वपूर्ण जित निकालेको हो । आमाडब्लमको जितमा पासाङ नुरु शेर्पा म्यान अफ द म्याच घोषित भए ।

बिहीबार पनि दुईवटा खेल हुदैछन । बिहीबारको खेलमा जुभिङ शेर्पा कुदिक क्लब र ठमिछोवा फुटबल क्लबबीच पहिलो सेमिफाईनल हुनेछ । दोस्रो प्रि–सेमिफाइनलमा नाम्चे युवा क्लब र आमाडब्लम युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

शेर्पा समुदायको नयाँ बर्ष तथा चाड ल्होसारको अवसरमा ‘खुम्बु ल्होसार कप’ शनिबारबाट सुरु भएको हो । काठमाडौंको सानो गौचरण खेलकुद मैदानमा भईरहेको प्रतियोगितामा ८ टिमको सहभागिता छ । खुम्जुङ युवा क्लबले हरेक बर्ष आयोजना गर्दै आएको ‘खुम्बु ल्होसार कप’को यो १३औं संस्करण हो ।
 
Post Comments