News चितवन भेट्रान्स कपको उपाधिका लागि ठमेल र थापा गाउँ भिड्ने
गोलनेपाल

स्वर्गीय दीलिप राणा स्‍मृति चौथो अन्तराष्ट्रिय आमन्त्रण चितवन भेट्रान्स कपको उपाधिका लागि साविक विजेता फ्रिडम फाइटर ठमेल र थापा गाउँ सुधार समिति भिड्ने भएका छन् ।

बुधबार सम्पन्न सेमिफाइनलमा जित हात पार्दै ठमेल र थापा गाउँले उपाधि भिडन्त पक्का गरेको हो । पहिलो सेमिफाइनलमा बर्दघाट भेट्रान्स नवलपरासी अनुपास्थित भएपछि ठमेल वाकओभर पौउँदै सिधैं फाइनलमा प्रवेश गरेको हो । दोस्रो सेमिफाइनलमा थापा गाउँले एक्स महेन्द्र पुलिस क्लबलाई निराश बनायो । प्रतिस्पर्धात्मक खेलमा थापा गाउँले सडन डेथमा बाजी मार्‍यो । त्यस अघि निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

निर्धारित समयमा १-१ गोल भएपछि खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा पनि ५-५ गोलको बराबरी भएपछि खेल सडन डेथमा धकेलियो । सडन डेथमा थापा गाउँका गोलरक्षक दीपक डंगोलले पुलिसको प्रहार विफल बनाउँदै आफ्नो टोलीलाई उपाधि नजिक पुराए । उनी नै म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिताको फाइनल खेल बिहीबार दिउँसो १ बजे हुनेछ । चितवन भेट्रान्स क्लबको आयोजना तथा नारायणगढ लेडी जेसिजको सह आयोजनामा सुरु भएको प्रतियोगिता फागुन ४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछ।

Post Comments