News योङ्ग स्टार सेमिफाइनलमा प्रवेश
सुरज राना मगर

ठुटिपिपल । योङ्ग स्टार क्लब, मडाहा यहाँ जारी १०औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो क्वाटरफाइनलमा योङ्ग स्टारले देवदह ब्वाईज, ढेकावरलाई ३–१ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।

ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको खेलमा योङ्ग स्टारका लागि विश्वास थापा, लक्ष्मित थापा र सुरज घलानले गोल गरे । उता पराजित देवदह ब्वाईजका लागि निर बहादुर थापाले एक मात्र गोल फर्काएका थिए । खेलमा योङ्ग स्टारका मोहन थापा मगर म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत फागुन ४ गते बिहीबारको तेस्रो क्वाटरफाइनल खेल विपी स्मृति क्लब, नवलपरासी र फर्साटिकर युवा क्लब, फर्साटिकर बीच हुने खेल संयोजक बिष्णु बरालले जानकारी दिए ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष चन्द्र गुरुङ्गले बताए । फाइनल खेल यही फागुन ९ गतेका दिन हुनेछ ।

Post Comments