News उत्कृष्ट जितका साथ फर्साटिकर सेमिफाइनलमा
सुरज राना मगर

ठुटिपिपल । उत्कृष्ट जित हात पार्दै फर्साटिकर युवा क्लब जारी १०औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको तेस्रो क्वाटरफाइनलमा फर्साटिकरले विपी स्मृति भैरव एफसीलाई शून्यका विरुद्ध ५ गोलले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको खेलमा फर्साटिकरका लागि बलराम न्यौपाने र टिकाराज गुरुङ्गे दुई–दुई गोल गरे । थप एक गोल भने अमन लामाले गरे । खेलमा फर्साटिकर कै बलराम न्यौपाने म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत फागुन ५ गते शुक्रबारको अन्तिम क्वाटरफाइनल खेल फोर ब्रदर्श एफसी, नवलपरासी र सौभाग्य युवा क्लब, बुटवलबीच हुने खेल संयोजक बिष्णु बरालले जानकारी दिए ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन ९ गतेका दिन हुनेछ ।

Post Comments