News जावलाखेल सातौं राजर्षि कपको फाइनलमा
गोलनेपाल

बागमती । साँघुरो जितका साथ जावलाखेल युथ क्लब यहाँ जारी सातौं राजर्षि जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा जावलाखेलले बलियो प्रत्याशी संकटा क्लबलाई १–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा भएको रोमाञ्चक खेलमा जावलाखेलका लागि सुनिल खड्काले गरेको एक मात्र गोल निर्णायक बन्यो । जावलाखेलका हिसुब थपलिया म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत फागुन ५ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल मच्छिन्द्र फुटबल क्लब र सुदुरपश्चिम–११ बीच हुने आयोजकले जानकारी दियो ।

बागमती नगरपालिका र बागमती युवा क्लब, सर्लाहीको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन ७ गतेका दिन हुनेछ ।

Post Comments