News बेङ्गाडावर स्ववियु कपको उपाधि नजिक
गोलनेपाल

हरिवन सर्लाही। चतुर्भुजेश्वर खेलमैदान हरिवन नगरपालिका वडा नं १० सुखेपोखरी सर्लाहीमा जारी प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कप अन्तर्गत आइतबार घरेलु टोली चतुर्भुजेश्वर फुटबल क्लब सर्लाही र पाहुना टोली बेङ्गाडावर युवा क्लब धनुषा बीचको दोस्रो सेमीफाइनल खेल रोमाञ्चक रुपमा सम्पन्न भएको छ।

रोमाञ्चक र प्रतिस्पर्धात्मक रूपमा सम्पन्न खेलमा घरेलु टोली चतुर्भुजेश्वर सर्लाहीलाई ३-० गोलको फराकिलो नतिजामा पराजित गर्दै बेङ्गाडावर धनुषा उपाधि नजिक पुगेको हो। धनुषाको जितमा पहिलो हाफको २२ औं मिनेटमा किस्न भण्डारीले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफको लागि उक्त गोलनै निर्णायक बनेको थियो।

दोस्रो हाफको सुरुवाती पाँचौं मिनेटमा घरेलु टोलीले आफ्नो पेनाल्टी बक्सभित्र फउल गरेपछि धनुषाले प्राप्त गरेको पेनाल्टीलाई संजीव कार्कीले गोलमा परिणत गर्दै आफ्नो टोलीको अग्रता दोब्बर गरे। त्यसैगरी खेलको अन्तिम समयमा विकास दर्लामी मगरले टोलीको लागि तेस्रो तथा व्यक्तिगत एक गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे। उक्त खेलमा धनुषाका किस्न भण्डारी हुँदै नगद रु.२५०० सहित ट्रफी र एक केस रेडबुल प्राप्त गरेका हुन्।

बेङ्गाडावर युवा क्लब धनुषाले जितसँगै युनाइटेड युवा क्लब महोत्तरीसँगको भेट पक्का गरेको हो। उपाधिका लागि यी दुई टोलीले २७ गते दिनको ठिक १ बजे प्रतिस्पर्धा गर्नेछन्। शनिबारनै युनाइटेड युवा क्लब महोत्तरीले गोलबजार स्पोर्ट्स क्लब सिराहालाई पेनाल्टी सुटआउटमा पराजित गरि फाइनल प्रवेश गरेको हो।

Post Comments