News डिएमसी कञ्चन कपको क्वाटरफाइनलमा
गोलनेपाल

दियोबजार । उत्कृष्ट जितका साथ डिएमसी, तुल्सीपुर यहाँ जारी कञ्चन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको प्रिक्वाटरफाइनलतर्फ डिएमसीले सौभाग्य युवा क्लबमाथि ३–१ को जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो ।

कञ्चन गाउँपालिका–४ दियो बजार स्थित स्थानीय खेलमैदानमा भएको खेलमा डिएमसीका लागि रोहित सुनारले दुई गोल गरे । त्यस्तै थप एक गोल मिशन दर्लामीले गरे । उता पराजित सौभाग्इका लागि मिलन आलेले एक मात्र सान्त्वना गोल फर्काए ।

खेलमा डिएमसीका रोहित सुनार म्यान अफ द म्याच घोषित भए । डिएमसीले अब क्वाटरफाइनलमा फागुन १० गतेका दिन नेपालगंज–११, बाँकेसँग खेल्ने खेल संयोजक टिका थापा मगरले जानकारी दिए ।

प्रतियोगिता अन्तरगत फागुन ७ गते आइतबारको खेल देवदह ब्वाईज, ढेकावर र फर्साटिकर युवा क्लब, फर्साटिकर बीच हुने प्रचार प्रसार संयोजक शंकर थापाले बताए ।

हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियोबजारको आयोजना तथा कञ्चन गाउँपालिका, रुपन्देहीको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष प्रकाश थापाले बताए । फाइनल खेल फागुन २० गतेका दिन हुनेछ ।

Post Comments