News मच्छिन्द्रलाई सातौं राजर्षि जनक कपको उपाधि
गोलनेपाल

बागमती । आइतबार सम्पन्न सातौं राजर्षि जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । फाइनलमा जावलाखेल युथ क्लबलाई २–१ ले हराउँदै सर्लाहीमा मच्छिन्द्र च्याम्पियन बनेको हो ।

सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा भएको खेलमा मच्छिन्द्रका लागि खेलको ३०औं मिनटमा बिमल घर्ती मगरले पेनाल्टीबाट पहिलो गोल गरेका थिए । दोस्रो हाफको ७८औं मिनटमा सुजल श्रेष्ठले दोस्रो गोल गर्दै मच्छिन्द्रको जित पक्का गरेका थिए ।

दोस्रो गोल खाएको तीन मिनट लगतै जावलाखेलका लागि बिनोद केसीले एक गोल फर्काए तापनि त्यो गोल टोलीलाई हारबाट जोगाउन प्रर्याप्त बनेन ।

विजेता बनेको मच्छिन्द्रले उपाधिसहित नगद १० लाख हात पार्यो भने उपविजेताले ५ लाख प्राप्त गर्यो । व्यक्तिगत विधातर्फ मच्छिन्द्रका बिशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए । सिमान्त थापा उत्कृष्ट डिफेन्डर बन्दा समिरराज थोकर उत्कृष्ट मिडफिल्डर बने । उत्कृष्ट फरवार्डको पुरस्कार बिमल घर्ती मगरले हात पार्दा उत्कृष्ट प्रशिक्षक प्रवेश कटुवाल बने । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २५–२५ हजार र ट्रफी हात पारे ।

बागती नगरपालिका र बागमती युवा क्लबको आयोजना तथा हरिवन नगरपालिका, सर्लाहीको सह–आयोजनामा भएको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments