News समिम निर्णायक बन्दा वार्ड नम्बर ४ दुहबी मेयर कपको सेमिफाइनलमा
गोलनेपाल

दुहबी । झिनो अन्तरको जित निकाल्दै वार्ड नम्बर ४ जारी पाँचौं दुहबी मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा वार्ड नम्बर ४ ले वार्ड नम्बर १२ माथि शून्यका विरुद्ध १ गोलको झिनो अन्तरको जित निकाल्यो ।

श्री सरस्वती माविको खेलमैदानमा भएको खेलमा वार्ड नम्बर ४ का लागि २६औं मिनटमा समिम मियाँले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलमा वार्ड नम्बर ४ कै अलब दुलाल म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र मेडल हात पारे ।

प्रतियोगिता अन्तरगत फागुन ७ गते आइतबारको तेस्रो क्वाटरफाइनल खेल वार्ड नम्बर ७ र ८ बीच हुने आयोजकले जानकारी दियो ।

दुहबी नगरपालिका, सुनसरीको आयोजना तथा इलेभन एरोज क्लब, दुहबी, सुनसरीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२५,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,१२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १२ गतेका दिन हुनेछ ।

 

Post Comments