News २३औं बुढासुब्बा गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

धरान । मोफसलको पुरानो र प्रतिष्ठित मध्ये एक २३औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । धरान फुटबल क्लब, सुनसरीको आयोजनामा वार्षिक रुपमा हुँदै आएको प्रतियोगिता कोरोना महामारीका कारण केही वर्ष हुन सकेको थिएन ।

यद्यपि प्रतियोगिताको २३औं संस्करण यही फागुन १३ गतेदेखि शुरु हुँदैछ । धरान रंगशालामा हुने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा फागुन १३ गतेका दिन आयोजक धरान फुटबल क्लब, सुनसरी र युके एफसी, भारत भिड्ने छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने फागुन २० गतेका दिन हुनेछ ।

Post Comments