News कुसुमको शल्यक्रिया सम्पन्न
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय यु–२० महिला फुटबल टोलीकी सदस्य कुसुम खतिवडाको घुँडाको शल्यक्रिया सम्पन्न भएको छ । शल्यक्रिया सम्पन्न भए पनि उनलाई मैदानमा फर्कन भने समय लाग्ने बताइएको छ ।

स्मरण रहोस, भर्खरै बंगलादेशसमा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपतर्फ घरेलु टोली बंगलादेश विरुद्ध खेल्ने क्रममा नै कुसुम गेम्भिर रुपमा चोटिल बनेकी थिईन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा पुगेको नेपालले उपाधि भिडन्तमा फेरि पनि बंगलादेशसँग पराजित भएको थियो ।

 

Post Comments