News किरन चम्किदा पञ्जाबको जित
गोलनेपाल

काठमाडौं । चर्चित भारतीय आइ लिगमा राम्रो लयमा रहेका नेपालका चर्चित गोलरक्षक किरन चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेपछि उनको क्लब राउण्डग्लास पञ्जाबले लिगमा सोमबार महत्वपूर्ण जित हात पारेको छ ।

लिगमा १२औं जित दर्ता गर्ने क्रममा पञ्जाबले नेरोकामाथि १–० को साँघुरो अन्तरको जित निकाल्यो । खेलको ३४औं मिनटमा अजय क्षेत्रीले गरेको एक मात्र गोल पञ्जाबलाई तीन अंक दिलाउन प्रर्याप्त बन्यो । खेलमा टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेका किरन चेम्जोङ हिरो अफ द म्याच समेत घोषित भए ।

यो जितपछि १८ खेलबाट ४० अंक जोडेको पञ्जाब गोल भिन्नताले पछि पर्दै दोस्रो स्थानमा छ । उता शिर्ष स्थानमा रहेको श्रीनिदी डेक्कनको पनि समान ४० अंक छ । त्यस्तै पञ्जाबसँग पराजित नेरोका भने २१ अंकका साथ आठौं स्थानमा छ ।

पञ्जाबले आफ्नो आगामी खेल आइतबार सुदेवा दिल्लीसँग खेल्नेछ ।

Post Comments