News शानदार जितका साथ फूलबारी क्वाटरफाइनलमा
गोलनेपाल

शानदार जित हात पार्दै फूलबारी गाईज, बुटवल यहाँ जारी ३२ औं झरना कप रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न खेलमा फूलबारीले भैरव एफसी, नवलपरासीलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गर्यो ।

तिलोत्तमा ६, कुञ्जापुलस्थित उमा निमाविको खेलमैदानमा सम्पन्न खेलमा फूलबारीका लागि उत्कृष्ट प्दर्शन गरेका शरद क्षेत्री म्यान अफ द म्याच घोषित भए । शुक्रबारको खेलसँगै प्रतियोगिताको क्वाटरफाइनल समिकरण पनि पूरा भएको छ ।

प्रतियोगिता अन्तरगत शनिबारको पहिलो क्वाटरफाइनल खेल राधाकृष्ण एफसी, बुटवल र लिस्नु युवा क्लब, कोटिहवा बीच हुने आयोजक क्लबका अध्यक्ष लोक पुनले जानकारी दिए ।

झरना स्पोर्टस् क्लब, तिलोत्तमा ६, कुञ्जलापुरको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ । त्यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ भने दुई सेमिफाइनलिस्ट टोलीले २५–२५ हजार प्राप्त गर्नेछन् ।

साथै उत्कृष्ट व्यक्तिगत विधातर्फका खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष लोक पुनले बताए । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज २७ गते हुनेछ ।

Post Comments