News बंगलादेशलाई हराउँदै फिलिपिन्स समूह विजेता
गोलनेपाल

बंगलादेशमा जारी बंगबन्धु गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको समूह बी तर्फबाट फिलिपिन्स समूह विजेता बनेको छ ।

शुक्रबार सिल्हेट स्टेडियममा सम्पन्न समूह बी तर्फको अन्तिम खेलमा फिलिपिन्सले बंगलादेशलाई शून्यका विरुद्ध १ गोलले हराउँदै समूह विजेता बनेको हो । फिलिपिन्सको जितमा केन्शिरो डेनियल्सले खेलको २३ औं मिनटमा एक मात्र निर्णायक गोल गरे ।

दुई खेलबाट ६ अंक जोडेको फिलिपिन्स शिर्ष स्थानमा रहँदै समूह विजेता बन्यो भने ३ अंकका साथ आयोजक बंगलादेश उपविजेता बन्यो । यी दुवै टोली यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । सोही समूहमा रहेको लाओस भने समूह चरणबाटै बाहिरिसकेको छ ।

Post Comments