News मुर्गिया एफसी क्वाटरफाइनलमा
गोलनेपाल

मुर्गिया एफसी, मुर्गिया रुपन्देहीमा जारी छैठौं चाँदनी कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

कञ्चन गाउँपालिका–१, दानापुर तालस्थित चाँदनी फुटबल मैदानमा सम्पन्न शुक्रबारको खेलमा मुर्गियाले खुकुरी एफसी, भैरहवालाई ३–२ ले हरायो । मुर्गियाको जितमा प्रदिप श्रेष्ठले दुई गोल गरे भने थप एक गोल अजय पुनले गरे । उता पराजित खुकुरीका लागि जितेश गुरुङ र सुवाश तामाङले गोल गरे ।

खेलमा पराजित खुकुरी क्लबका जितेश गुरुङ म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत असोज २० गते शनिबारको खेल फर्साटिकर एफसी, फर्साटिकर र आदर्श युवा क्लब, बनकट्टा बीच हुने आयोजक क्लबका सचिव जुक्त थापाले जानकारी दिए ।

चाँदनी युवा क्लब, कञ्चन गाउँपालिका–१ दानापुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख एक सय प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार पचास रुपैया प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीलाई जनही १२–१२ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै उत्कृष्ट व्यक्तिगत विधातर्फका खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउँदो असोज ३१ गते हुनेछ ।

Post Comments