News मनाङ, एपिएफ, फ्रेण्डसले नुवाकोटमा मेत्रीपूर्ण खेल खेल्ने
गोलनेपाल

काठमाडौं । नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा यही फागुन १२ र १३ गतेका दिन चर्चित ए डिभिजन क्लबहरु मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस क्लब, एपिएफ क्लब र नुवाकोट–११ बीच मैत्रीपूर्ण फुटबल खेलहरु हुने भएका छन् ।

जिल्लामा रहेका स्थानीय खेलाडीहरुको क्षमता अभिवृद्धि गर्न तथा जिल्लामा फुटबल खेलको प्रवद्र्धनका साथै फुटबल गतिविधीलाई थप चलायमान बनाउन सो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको आयोजक नुवाकोट जिल्ला फुटबल संघले बतायो । नुवाकोट क्याम्पसको खेलमैदानमा हुने प्रतियोगिताको विशेष सहयोगीमा विदुर नगरपालिकाको कार्यालय तथा नुवाकोट उद्योग वाणिज्य संघ रहेका छन् ।

त्यस्तै सो मैत्रीपुर्ण फुटबल प्रतियोगिता सफलताका साथ सम्पन्न गर्ने नेपाल रेडक्रस सोसाइटी, नुवाकोट शाखा, दुवाल ब्रदर्श, विदुर–५, नुवाकोट, नुवाकोट निर्माण व्यवसायी संघ र वेलिङटन इन्टरनेशनलको पनि सहयोग रहने आयोजकले जानकारी दियो ।

Post Comments