News वार्ड नम्बर ६ दुहबी मेयर कपको फाइनलमा
गोलनेपाल

दुहबी । वार्ड नम्बर ६ यहाँ जारी पाँचौं दुहबी मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा वार्ड नम्बर ४ लाई शून्यका विरुद्ध २ गोलले हराउँदै वार्ड नम्बर ६ उपाधि नजिक पुगेको हो ।

श्री सरस्वती माविको खेलमैदानमा भएको खेलमा वार्ड नम्बर ६ का लागि २६औं मिनटमा आशिष कुमार साह र ३२औं मिनटमा जितेन्द्र कुमार चौधरीले एक–एक गोल गरे । खेलमा वार्ड नम्बर ६ का गोलकर्ता आशिष कुमार साह म्यान अफ द म्याच घोषित भए । उनलाई खेलका विशेष अतिथी दुहबी नगरपालिका, सुनसरीका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीले नगद २ हजार र मेडलसहित पुरस्कृत गरे ।

वार्ड नम्बर ६ ले अब फाइनलमा वार्ड नम्बर ८ सँग फागुन १२ गतेका दिन उपाधिका लागि भिड्नेछ ।

दुहबी नगरपालिका, सुनसरीको आयोजना तथा इलेभन एरोज क्लब, दुहबी, सुनसरीको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२५,१२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,१२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments