News संगम कपमा बिहीबार क्वाटरफाइनल खेलहरु हुने
उमेश पुन
पोखरा । पोखरामा जारी आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ अन्तर्गत बिहीवार क्वाटरफाइनलका ४ खेलहरु हुने भएका छन् । पोखरा रंगशालाको बैकल्पिक फुटवल मैदानमा विहिबार पहिलो खेल आयोजक संगम क्लव र एल.जी. एशोसीयसन बिच हुने भएको प्रतियोगिताका संयोजक शिव गुरुङ (माया) ले बताए ।
 
त्यसैगरी विहिबार भ्याली स्पोट्र्स क्लव र ए पेक्स अर्को खेलमा नव आर्दश सामुदायिक विकास समाज र बिष्णुपादुका क्लव बिच खेल हुने भएको उनले जनाए । त्यसै गरी अन्तिम क्वाटरफाइनल खेल सहारा क्लव र आर्दश युवा क्लव बिच खेल हुने भएको क्लवले जनाएको छ ।
 
बुधबार प्रि—क्वाटरफाइनलका ३ खेल सम्पन्न भएको म्याच कमिस्नर खिम बहादुर गुरुङले बताए । बुधबार भएको पहिलो खेलमा बिष्णुपादुकाले अम्मरसिंह व्वाईज क्लव (एबीसी) लाई ३—० को गोल अन्तरले पराजित गरी क्वाटरफाइनलमा यात्रा बनायो । खेलमा बिष्णुपादुकाका सुविन श्रेष्ठले ३१ र ४३ औं मिनेटमा दुइृ गोल र राजन थापाले खेलको ६५ औं मिनेटमा एक गोलको योगदान दिए । एबीसीका पहिलो रोजाइका गोलरक्षक सन्तोस श्रेष्ठ खेलको ३३ औं मिनेटमा रातो कार्ड खादै बाहिरिन क्लवलाई दुर्रभाग्य निम्तियो । उनले डिवक्स बाहिर गएर वान भर्सेस वान वल हातले समाउदा रेडकार्ड पाएका हुन भने उनको स्थानमा मन्दीप गुरुङले खेलेका थिए ।
 
सरोज गुरुङ र भगवत चौधरीको एक÷एक गोलको मद्धतले सहारा क्लवले यूनाइटेड क्लव माथि २—० को जित दर्ता गर्यो । खेलमा सहाराका गुरुङले ४५ र चौधरीले ४८ औं मिनेटमा गोल गरे ।
 
अन्तिम क्वाटरफाइनल खेलमा नायक वनेका विकास परियारको ह्याट्रिकको मद्धतले आर्दश युवा क्लवले डेभिड फल्स क्लब माथि ३—१ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनायो । उनले खेलको ८, ४७ र दोश्रो हापको इन्जुरी समयमा पुन एक गोल गरी उक्त प्रतियोगितामै पहिलो ह्याट्रिक पूरा गरे । खेलको १६ मिनेटमा डेभिड फल्सका रुविन गुरुङले गरेको गोल आफ्नो टिमको लागि शान्त्वना गोलमा परिणत भयो ।
 
तल्लो स्तरबाटै फुटवल खेलको विकास गर्ने उद्धेश्यले उक्त प्रतियोगितालाई क्लवले निरन्तर रुपमा आयोजना गर्दै आएको क्लवले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सहारा हङकङ र संगम एल.जी.हङकङ रहेको छ ।
 
Post Comments