News अन्जनको डेब्यु गोलले पनि जोगिएन केन्क्रेको हार
गोलनेपाल

काठमाडौं । आई लिगमा बुधबार नेपालका चर्चित फरवार्ड अन्जन बिष्टले डेब्यु गोल गरे तापनि उनको टोली मुम्बई केन्क्रे एफसीलाई निराशाजनक हार बेहोरेको छ । गोवा स्थित तिलक मैदानमा भएको खेलमा केन्क्रेले घरेलु टोली चर्चिल ब्रदर्शसँग ३–२ को हार बेहोर्यो ।

खेलको चौथो मिनट मै अन्जनले डेब्यु गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यद्यपि सातौं मिनटमै मोमो सिसेले पेनाल्टीबाट चर्चिलका लागि बराबरी गोल फर्काए । ५९औं मिनटमा फ्रान्सिस न्वान्कोले केन्क्रेका लागि दोस्रो गोल फर्काए । तर पनि केन्क्रेले त्यो अग्रता जोगाउन सकेन ।

त्यसको दुई मिनट लगतै मार्टिन चावेसले चर्चिलका लागि दोस्रो बराबरी गोल फर्काए । ७४औं मिनटमा इमानुएल याघरले तेस्रो गोल तथा निर्णायक गोल गर्दै चर्चिलको रोमाञ्चक जित पक्का गरे ।

यो हारसँगै १९ खेलबाट १५ अंक मात्र जोडेको केन्क्रे रेलिगेशन क्षेत्रको ११औं स्थानमा यथावत छ । २९ अंक जोडेको चर्चिल ब्रदर्श भने चौथो स्थानमा छ । केन्क्रेले आफ्नो आगामी खेल बिहीबार रियल काश्मिरसँग खेल्नेछ ।

Post Comments