भद्रपुर । कठिन जितका साथ त्रिभुवन आर्मी फुटबल क्लब जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको पहिलो सेमिफाइनलमा आर्मीले अर्को बलियो प्रतिद्वन्द्वी संकटा क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । निर्धारित ९० मिनटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो ।
मेची रंगशालामा भएको खेलको १०२औं मिनटमा चेतन केसीले गरेको हेडर गोल नै आर्मीलाई फाइनल पुर्याउन निर्णायक बन्यो । खेलमा आर्मी कै सुरज बस्नेत म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद २० हजार र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तरगत फागुन १४ गते आइतबारको दोस्रो सेमिफाइनल खेल मच्छिन्द्र फुटबल क्लब र एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।
भद्रपुर झापा गोल्डकप आयोजक समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख हात पार्नेछ भने उपविजेताले ७ लाख प्राप्त गर्नेछ । झापा जिल्ला खेलकुद विकास समितिको समन्वय रहेको प्रतियोगिताको फाइनल खेल यही फागुन १६ गतेका दिन हुनेछ ।


- शनिश्चरे एफसी बिर्तामोड च्यालेञ्ज कपको सेमिफाइनलमा
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा