News सुनसरी जिल्लास्तरीय सी डिभिजन शुरु, फेयर र शान्तिनगरको विजयी शुरुवात
गोलनेपाल

दुहबी । सुनसरी जिल्ला फुटबल संघको आयोजनामा जिल्लास्तरीय सी डिभिजन फुटबल प्रतियोगिता शुरु भएको छ । दुहबी स्थित सरस्वती माविको खेलमैदानमा भएको पहिलो दिनको दुई खेलहरुमा फेयर एफसी, धरान र शान्तिनगर एफसी, इटहरीले विजयी शुरुवात गरेका छन् ।

पहिलो खेलमा फेयरले फोकस १६ क्लब, धरानलाई शून्यका विरुद्ध २ गोलले हरायो । फोकसका लागि दुवै गोल उमेश राईले गरे । राई नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १ हजार हात पारे । यो जितसँगै फेयर सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

त्यस्तै दिनको दोस्रो खेलमा शान्तिनगरले प्रगति युवा समाज, धरानलाई ३–१ ले हरायो । शान्तिनगरको जितमा सिजन राई, बिशु श्रेष्ठ र साहिल राईले गोल गरे । उता पराजित प्रगति युवा समाजका लागि हृदय मगरले एक मात्र सान्त्वना गोल फर्काए ।

खेलमा शान्तिनगरका सिजन राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र मेडल हात पारे । यो जितसँगै शान्तिनगर पनि प्रतियोगिताको सेमिफाइन्लमा प्रवेश गरेको छ ।

फागुन १९ गतेसम्म चल्ने प्रतियोगितामा कुल ८ टोलीहरु सहभागि छन् । विजेता टोली जिल्लास्तरीय बी डिभिजनमा उक्लिनेछ ।

 

Post Comments