News अनिश निर्णायक बन्दा शान्तिनगर फाइनलमा
गोलनेपाल

दुहबी । शान्तिनगर फुटबल क्लब, इटहरी जारी सुनसरी जिल्लास्तरीय सी डिभिजन नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शान्तिनगरले पहिलो सेमिफाइनलतर्फ फेयर फुटबल क्लब, धरानलाई २–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

सरस्वती माविको खेलमैदानमा भएको खेलमा शान्तिनगरका लागि दुवै गोल अनिश बस्नेतले गरे । उता पराजित फेयरका लागि दिवस सुनुवारले गोल गरेका थिए । खेलमा शान्तिनगरका अनिश बस्नेत म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र मेडल प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत फागुन १७ गते बुधबारको दोस्रो सेमिफाइनल खेल पञ्चायन फुटबल क्लब र रामधुनी युवा क्लबबीच हुने आयोजकले जानकारी दियो ।

सुनसरी जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टोली जिल्लास्तरीय बी डिभिजनमा उक्लिने छ ।

Post Comments