News त्रीयुगा स्पोर्टस सेमिफाइनलमा प्रवेश
गोलनेपाल

भुट्टार । त्रियुगा स्पोर्टस कलब जारी प्रथम रौतामाई गाउँपालिका अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रियुगाले अन्तिम क्वाटरफाइनलतर्फ कटारी फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

त्रियुगाको जितमा खेलको ६४औं मिनटमा निरज चौधरीले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता चौधरी नै खेलको म्यान अफ द म्याच समेत चुनिए ।

रौतामाई गाउँपालिका, उदयपुरको आयोजनामा जारी प्रतियोगिता अन्तरगत फागुन १९ गतेको पहिलो सेमिफाइनल खेल गाईघाट फुटबल क्लब र बसाहा–११ बीच हुने आयोजकले जानकारी दियो ।

Post Comments