News फ्लो फ्लो कपमा क्वाटरफाईनल खेलहरु सम्पन्न
उमेश पुन
पोखरा । प्रथम फ्लो फ्लो कपमा रत्नचोक, गन्नी एफसी ब्लु, रत्नसमाज र प्रोफिट एफसी सेमी फाइनलमा प्रवेश गरेका छन । गन्नी एफसी फु्टवल क्लबको आयोेजनामा पोखराको माछापोखरी खेलमैदानमा जारी प्रथम फ्लो फ्लो कपमा शुक्रबार सम्पन्न क्वाटर फाइनल खेलबाट रत्नचोक, गन्नी एफसी ब्लु, रत्नसमाज र प्रोफिट एफसी सेमी फाइनलमा प्रवेश गरेका हुन ।
 
शुक्रबार सम्पन्न पहिलो खेलमा रत्नचोक र केआईइसी बुन एफसी बिचको खेलमा निर्धारित समयमा कुनै गोल हुन नसक्दा टाईब्रेकरमा ३–२ गोल अन्तरले रत्नचोकले केआईइसीलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय ग¥यो ।
 
त्यसैगरी दोश्रो खेलमा गन्नी एफसी ब्लुले रामघाटलाई १–० गोल अन्तरले पराजित ग¥यो । खेलमा गन्नीका विश्व थापाले निर्णायक गोल गरे । .तेश्रो खेलमा रत्नसमाजले कमलपोखरीलाई १–० गोल अन्तरले पराजित ग¥यो । खेलमा रत्न समाजका बिनय तामाङले निर्णायक गोल गर्न सफल भए । शुक्रबार सम्पन्न अन्तिम खेलमा प्रोफिट एफसीले गन्नी एफसी रातोलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश ग¥यो । प्रोफिटका सोवित भण्डारीले २ र मनिल गुरुङले १ गोल गरे ।
 
प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित २ लाख एघार हजार १ सय ११ रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ७ हजार र गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५–५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने छ ।
 
Post Comments