News थ्रीस्टार फर्किए बिराज
गोलनेपाल

काठमाडौं । नेपाली फुटबलका सफलतम कप्तान र डिफेन्डर बिराज महर्जन आफ्नो पुरानै क्लब थ्रीस्टार क्लबमा फर्किएका छन् । थ्रीस्टारबाटै बलियो व्यवसायीक क्लब करियर शुरु गरेका बिराजले त्यसयता मनाङ मस्र्याङ्दी क्लब, मच्छिन्द्र, च्यासलका लागि पनि खेले ।

उनलाई थ्रीस्टारले अनुवन्ध गरेको कुरा आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत समेत घोषणा गरेको छ । स्मरण रहोस, बिराजले थ्रीस्टारका लागि खेल्दै बि.सं. २०६९ मा लिग उपाधि पनि जितेका थिए । मनाङ र मच्छिन्द्रका लागि खेल्दा पनि लिग जितेका बिराजले गत सिजन च्यासलका लागि खेले तापनि क्लब रेलिगेशनमा परेको थियो ।

उनले फ्रेञ्चाईज नेपाल सुपर लिगमा बुटवल लुम्बिनी एफसीका लागि पनि खेलिसकेका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका पनि सफलतमक कप्तान बनेका बिराजले केही वर्ष अघि मात्रै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।

स्मरण रहोस, शुक्रबारदेखि शुरु शहिद स्मारक ए डिभिजन लिगतर्फ थ्रीस्टारले शनिबार दशरथ रंगशालामा एपिएफसँग खेल्दै लिगको नयाँ सिजन शुरु गर्दैछ । सो खेलमा बिराजले पनि खेल्ने निश्चित प्रायः छ ।

त्यस्तै बिराज बाहेक पिटर सेगुन र अजयी मार्टिन्स पनि थ्रीस्टार मै फर्किएका छन् । यी दुई खेलाडीले गत सिजन सातदोबाटो युथ क्लबका लागि खेलेका थिए ।

 

Post Comments